Ads

चट्याङ लागेर एकै गाउँका तीनको मृत्यु


रौतहट ।  रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ ।

खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो । मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिए।

मृत्यु भएका तीन महिलामध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् यस्तै कुमारी भने फरक परिवारको रहेको प्रहरी प्रमुख सिंहले बताए। चट्याङबाट ४० वर्षीया सैली देवी घाइते भएकी छिन् ।

यसैबीच गरुडा नगरपालिकाका प्रमुख कन्थमणी जयसवालले घटनास्थल पुगेर पीडित परिवारलार्ई सहयोग गर्ने आश्वासन दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू