Ads

महाअभियोग प्रकरण : बयान दिन चोलेन्द्र सिंहदरबारमा


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे जवाफ बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ । जबरासँग महाअभियोग सिफारिस समितिले आज जवाफ दिनका लागि पत्राचार गरेकाे थियाे । उहाँ अहिले समितिमा जवाफ दिने क्रममा हुनुहुन्छ ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल प्रवेशद्वार हुँदै छिर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै समितिकाे बैठक कक्षमा लगेका थिए ।

महाअभियोग सिफारिस समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।

महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू