Ads

सरकारी निवासको दुरुपयोग, प्रधानमन्त्री निवासमा पार्टी प्रवेश कार्यक्रम


काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास दुरुपयोग बढेको छ ।

पार्टी कार्यक्रम, पार्टी बैठक, गठबन्धनको सिट बाँडफाँडसमेत हुँदै आएको सरकारी निवासमा शनिबार नेकपा विप्लव समूहका एक दर्जन नेता बालुवाटारमै गएर नेपाली कांग्रेसमा प्रवेश गरे । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराए ।

नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेसका प्रवेश गरे । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरू कांग्रेस प्रवेश गर्नुभएको हो ।

Ads

सम्बन्धित पोष्टहरू