Ads

क्रिकेट कप्तान सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी


काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउको अनुमति दिएको हो ।

एक नाबालिकाले बलात्कारको आरोप लगाएपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतलाई निवेदन दिएको थियो ।

१७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सन्दीप हाल विदेशमा छन् ।

Ads

सम्बन्धित पोष्टहरू