Ads

मंसिर ४ को चुनाव देश र जनताका लागि महत्वपूर्ण : अध्यक्ष ओली


जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने चुनावमा पार्टीलाई जिताउने गरी लाग्न पार्टी निकट बुद्धिजिवीहरुलाई निर्देशन दिनु भएको छ ।

जनकपुरमा आज आयोजित नेपाल बुद्धिजिवी परिषद् प्रथम मधेश प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनाव देश र जनताका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

देशलाई अघि बढाउन र विकासका कामलाई अगाडि बढाउन मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘तपाईंहरु एउटा संकल्पसाथ मंसिर ४ गते हुने चुनावका लागि देशको हितको पक्षमा पक्षमा, जनहितको पक्षमा, लोकतन्त्रको पक्षमा, शान्ति सुव्यवस्थाको पक्षमा, विकासको अभियानलाई अगाडि बढाउन सक्रिय भएर लाग्नुस् ।’

देश र जनताका लागि काम गर्न उहाँले बुद्धिजिवीहरुलाई आग्रह पनि गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले मधेश प्रदेशमा एउटा आधारभूत विद्यालय निर्माण गरिदिने घोषणा पनि गर्नुभयो ।

Ads

सम्बन्धित पोष्टहरू