काठमाडौं ।महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम लिएका वकिलहरुको बयान सुरु भएको छ ।
नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, सर्वोच्च बारको अध्यक्ष पूर्णमान शाक्य, बारको पूर्वमहासचिव लिलामणी पौडेल, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे महाअभियोग समितिको बैठकमा उपस्थित भएका छन् ।
सिंहदरबारमा भर्खरै सुरू बैठकमा वकिलहरू निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध बयान दिन उपस्थित भएका हुन् ।राणाले महाअभियोग समितिको बैठकमा बयान दिने क्रममा पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका नेतालाई विभिन्न आरोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्