Ads

‘प्रहरी हौं’ भन्दै लुटपाट, काे थिए उनीहरू ?


काठमाडौं ।‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिकाका ३० वर्षीय देव लामा रामेछापको सुनपाती गाउँपालिकाका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् । तामाङ भक्तपुरको लोकन्थली बस्छन् यस्तै लामा र तितुङ काठमाडौंको कपनमा बस्दै आएका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो ।

भदौ २२ गते ११:१० बजेको समयमा ठमेलमा सञ्‍चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्‍याइ साथमा भएको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेर लगेको पीडितले उजुरी दिएको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरुलाई अपहरण तथा डाँका चोरी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र घटनामा संलग्‍न थप दुई जनाको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू