Ads

भोलिदेखि संसद रहँदैन, चुनाव जिताउन हामी गाउँगाउँ जानुपर्छ: एमाले अध्यक्ष ओली


काठमाडौं ।निर्वाचन आयोगले भोलि असोज १ गते रातको १२ बजेबाट प्रतिनिधि सभाको कार्यकाल सकिने जनाई सकेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि संसद नरहने भन्दै आफ्ना सांसदहरुलाई गाउँगाउँ जान निर्देशन दिएका छन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको बैठकमा शुक्रबार आज पार्टीबाट निर्वाचित सांसदहरुलाई बिदाइ गर्दै संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा परिणाम आउनेगरी खटिन गाउँगाउँ जान निर्देशन दिएका हुन्।

‘भोलिदेखि संसद रहँदैन। हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँ गाउँ जानुपर्छ’, ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने, ‘भोलिदेखिनै हामी निर्वाचन क्षेत्रमा जानुपर्छ। एमालेका उम्मेदवारहरुलालाई जिताउन लाग्नूपर्छ।’

७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको सम्पन्न निर्वाचनबाट तत्कालिन नेकपाले झण्डै दूईतिहाई मत पाएको थियो । दलगत हिसाबले एमाले संसदको ठुलो दल बनेको थियो। साथै मंसिरमा हुने निर्वाचनमा एमालेको पक्षमा नतिजा आउँने गतिबिधि गर्न नेता तथा कार्यकर्ताहरुलाई ओलीले निर्देशन दिँदै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू