काठमाडौं । नेपाली कांग्रेसको १४औ महाधिवेशनमा सभापति चयनको लागि भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सघाउने भएका छन् । कांग्रेस समापतिमा निर्वाचित हुन ५० प्रतिशत मत ल्याउनु पर्छ ।
पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत ल्याउन सकेनन् । दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका छन् । देउवा र सिंहबीच भएको भेटवार्तापछि सिंहले आफू देउवालाई सघाउने बताएका छन् ।
आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्याउनुपर्ने देखिएकाले आफूलेपनि देउवालाई नै सघाउने बताए । उनले भने ‘हामीसँग कुरा गर्दा वहाँले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भन्नुभयो । म पनि अब उहाँलाई नै सहयोग गर्छु ।’
प्रतिक्रिया दिनुहोस्