काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचनमा एमालेले हार्नै नहुने बताएका छन् ।
शनिबार काठमाडौंको वसन्तपुरमा संविधान दिवसको उपलक्ष्यमा आयोजित युवा सँगसँगै पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई उन्नतीतर्फ लैजान एमालेले मात्रै सक्ने दाबी गर्दै चुनावमा हार्न नहुने बताएका हुन् ।
एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाएका छन्उनले अहिले देश अफ्ठ्यारो स्थितिमा रहेको स्थितमा रहेको समेत चिन्ता व्यक्त गरेका छन् ।
ओलीले पाँच दलीय गठबन्धनले देशको भविष्यनै संकट पार्न आटेको गुनासो गर्दै एमालेको आगामी यात्रा राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने हिसावले सशक्त ढंगले अघि बढ्न आग्रह गरे। ओलीले एमालेको पक्षमा फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउँन नेकपा एमालेले काठमाडौंमा वृहत वाकथन ९पदयात्रा० शुरु गरेको हो। पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो।
पदयात्रा कार्यक्रममा अध्यक्ष ओली लगायत एमालेका नेताहरुको बाक्लो उपस्थित रहेको थियो ।
नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्