Ads

सूचना टाँसेर ४ बजेसम्मको लागि स्थगित भयो संसद् बैठक


काठमाडाैं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको थियो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँगको टेलिफोन संवादमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै केहीबेर बैठक रोक्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको स्रोतले बतायो । सदन खुलाउने प्रयास भइरहँदा प्रतिनिधिसभाको बैठक सारिएको हो ।

यता सभामुखले बानेश्वरमा कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् । छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए ।

Ads

सम्बन्धित पोष्टहरू