Ads

संसद् खुलाउन कांग्रेस तयार, गृहमन्त्रीलाई बोल्न दिने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् खुलाउन सहमत भएको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग राखेर कांग्रेसले सदनमा अवरोध गर्दै आएको थियो। उसले गृहमन्त्री लामिछानेलाई बोल्नसमेत दिइरहेको थिए।

तर आज (बिहीबार) शीर्ष नेताहरूबीचको भएको गम्भीर छलफलमा गृहमन्त्री लामिछानेलगतै बोल्न पाउने सर्तमा कांग्रेस सदन खुलाउन सहमत भएको कांग्रेस सांसद रामहरि खतिवडाले थाहाखबरलाई बताए।

योसँगै अब अपरान्ह ४ बजेका लागि सरेको प्रतिनिधिसभा बैठक चल्ने भएको छ। दलहरूबीच सदन खुलाउने प्रयासस्वरूप भइरहेको छलफल लम्बिएकाले बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको हो।

Ads

सम्बन्धित पोष्टहरू