काठमाडौं । निर्वाचन आयोगले दलहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची बुझाउन २ र ३ असोजको समय तोकेको छ ।
नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुको सूचि बनाउन छलफल थालेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोटमा शनिबार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले सिफारिस गर्नुपर्ने नामहरुको कानुनी प्रबन्धबारे जानकारी गराएका थिए ।
उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार महासचिव पोखरेलले समानुपातिक सूचीको कुन क्लस्टरमा कति जनाको नाम बुझाउनुपर्छ भन्ने जानकारी गराएका हुन् । अर्को बैठक आइतबार विहान ११ बजे बैठक बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्