काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसदमा बोल्न पाउनुपर्ने माग गरेका छन्।
दलहरूबीच सहमति नजुटेर प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भइरहेका बेला लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो लेखेका हुन्।
‘एक पटक बोल्न पाउनुपर्यो। त्यत्ति हो मागेको। यति घिनलाग्दो मिडिया ट्रायल?’ लामिछानेले लेखेका छन्।
उनलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन। जसका कारण कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्