Ads

आज प्रतिनिधी सभा बैठक : रणनीति बनाउँदै कांग्रेस


काठमाडौं\ प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बिहीबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएपनि लामिछाने बोल्न पाएनन्। कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको हो।

कांग्रेसको संसदीय दल बस्दै

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न पाउनुपर्ने अडान सत्तापक्षले राखेपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। संसद्को गतिरोध र सहकारी ठगी प्रकरण र आजको संसद् बैठकको रणनीति तय गर्न कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक ८:३० बजे र संसदीय दलको बैठक ९ बजे बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

गृहमन्त्री लामिछानेमाथि सहकारी अपचलन गरेको आरोप लगाउँदै अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएपछि लामिछानेले आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राखेका छन्। गृहमन्त्री लामिछानेलाई सभामुखले बोल्न समय पनि दिएपनि कांग्रेसले निरन्तर अवरोध गरेपश्चात जवाफ दिन पाएका छैनन्। शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको थियो। आजको बैठकमा हिजोको संसद्मा भएको घटनाबारे पनि समीक्षा हुनेछ।

Ads

सम्बन्धित पोष्टहरू