काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै (मंगलबार) साढे ३ बजेदेखि सुरु हुने छ । निर्वाचन समितिले एक विज्ञप्ती जारी गरेर उक्त कुरा बताएको छ । मंगलबार हुने मतदान सोमबार मतदान भएका तीन स्थानमा हुने छ ।
नेपाली कांग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत आएन । जसका कारण पुन दोस्रो चरणमा मतदान हुने भएको हो । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सभापतिको प्रतिस्पर्धामा रहेका प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्