काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको हो । कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक ६ जेठ अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गर्दै बैठकमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्