काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको छ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्