Ads

एमालेले टुंग्यायो समानुपातिक सूची, आधाभन्दा बढी महिला, हेर्नाेस कुन क्लस्टरमा कति ?


काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारकाे टुंगाे लगाएको छ।

केन्द्रीय सचिवालय बैठकले ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले जानकारी दिए।

जसअनुसार आदिवासी जनजातितर्फ ३२ जना रहेकोमा १६ जना महिला र १६ जना पुरुष, खस आर्यतर्फ ३४ जनामा १७ जना महिला र १७ जना पुरुष, थारुतर्फ ७ जना ४ महिला र ३ पुरुष, दलिततर्फ १५ जना ८ महिला र ७ पुरुष, मधेसीतर्फ १७ जना ९ महिला र ८ पुरुष, मुस्लिमतर्फ ५ जना ३ महिला र २ पुरुष गरेर महिला ५७ जना हुने गरेर ११० जना समानुपातिक तर्फको उम्मेदवारहरुको नाम तयार भएकाे छ ।

सोमबार एमालेले निर्वाचन आयोगमा सुची बुझाउने गुरुङले बताए । आयोगले आइतबार र सोमबार समानुपातिकको सूची बुझाउने कार्यसूची तय गरेको थियो।

२७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ।

Ads

सम्बन्धित पोष्टहरू