काठमाण्डौ । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन दिएको आज अन्तिम दिन हो ।
यस अघि समानुपातिकतर्फको उम्मेदवारको सूची नबुझाएका दलहरुले आज आफ्नो दलको तर्फबाट सूची बुझाउने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायतका दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्।
आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ।
नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ १ सय १० र प्रदेश सभातर्फ २ सय २० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो।
माओवादीले महासचिव देव गुरूङको नेतृत्वमा कार्यदल गठन गरी समानुपातिक उम्मेदवार तयार गर्दैछ भने कांग्रेसले पनि समानुपातिक उम्मेदवार तयार गर्दैछ।
प्रतिक्रिया दिनुहोस्