Ads

टीओआरबारे छलफल गर्न कांग्रेसले माग्यो समय


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समितिसम्बन्धी कार्यादेश (टीओआर)बारे छलफल गर्न समय मागेको छ।

आइतबार बिहानदेखि सिंहदरबारमा जारी बैठकमा कांग्रेसले छलफलका लागि २० मिनेटको समय मागेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

‘केही समयमा फेरि बैठक बस्नेगरी नेपाली कांग्रेसले २० मिनेटका लागि छलफल गर्ने भनेर समय मागेको छ,’ बर्तौलाले सिंहदरबार बैठकपछि भने।

उनका अनुसार करिब करिब सहमतिको ठाउँमा पुगेपनि फिनिसिङ भने भइसकेको छैन।

‘आज बेलुकीसम्म फिनिसिङ गर्न सक्छौँ जस्तो लागेको छ,’ उनले भने। समग्र सहकारीको समस्या समाधान होस् भनेर छलफल लम्ब्याइएको पनि उनले बताए।

 

Ads

सम्बन्धित पोष्टहरू