Ads

बस्दै नबसी सर्‍यो राष्ट्रिय सभा बैठक


काठमाडौं । राष्ट्रियसभाको आजका निम्ति निर्धारित बैठक बस्दै नबसी स्थगन गरिएको छ ।

बैठक सोमबार (भोलि) दिउँसो १ः१५ बजे बस्ने गरी स्थगन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेशका निम्ति गठित कार्यदलमा सहमति नजुटेपछि बैठक स्थगन गरिएको हो ।

यसअघि, आइतबारै दिउँसो १ः१५ का निम्ति निर्धारित बैठकको समय सूचना टाँस गरी ३ः१५ का लागि सारिएको थियो । बैठक सूचना टाँस गरी स्थगन गरिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू