काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सोमबार साँझ आक्रोशित हुँदै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।
उनले लेखेका छन्, ‘को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’
खासमा उनले यसरी आक्रोशित भएर फेसबुकमा स्टाटस लेख्नुको कारण काठमाडौंको फोहोर बोक्ने गाडीका चार जना चालकलाई प्रहरीले पक्राउ गर्नु हो ।
बालेनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुँदैनन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन ।’
प्रतिक्रिया दिनुहोस्