Ads

निर्वाचन आयोगमा ४८ दलहरूले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची


काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् ।

६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने काम आज (मंगलबार) बिहान ५ बजे मात्रै सकिएको छ।प्रतिनिधि सभामा समानुपातिक संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो  तर पहिलो दिन, आइतबार जम्मा २ दलले मात्रै उम्मेदवारको बन्दसूची बुझाएका थिए।

प्रदेश सभा सदस्यका लागि पनि सोमबार र मंगलबार नै बन्दसूची दर्ता भएको छ ।आयोगका अनुसार प्रदेश १ मा ३६, मधेशमा ३६, बागमतीमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२, कर्णालीमा २८, सुदूरपश्चिममा ३४ दलले बन्दसूची दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत ठूला दल मंगलबार अपरान्हपछि मात्रै निर्वाचन आयोग पुग्दा बन्दसूची रूजु गर्नेलगायत काममा ढिलाइ भएको थियो। त्यसकारण आयोगले गए राति पनि काम जारी राख्यो। आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारको बन्दसूची लिने काम आज बिहान मात्रै सकेको छ । अब बन्दसूची बुझाउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।

  समानुपातिक निर्वाचनतर्फ बन्दसुची बुझाउने दलहरुको विवरण

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१