काठमाडौं । सत्तापक्ष र प्रतिपक्षीबीच सहकारी ठगी प्रकरणबारे छानबिनका लागि बन्ने संसदीय समितिको टीओआरमा मध्यबिन्दु खोजेर अघि बढ्ने सहमति भएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको टीओआर कार्यदलको बैठकले संसदीय समिति बनाउन दुवै पक्षबाट आएका प्रस्तावमा मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भएको हो ।
बैठकपछि कार्यदलका सदस्य महेश बर्तौलाले दुवै पक्षबाट आ–आफ्ना प्रस्ताव राखेको र ती प्रस्तावमा छलफल भएको बताए । यद्यपि टीओआर कसरी बनाउने भन्नेबारेमा कुनै सहमति भइनसकेको उनले बताए ।
त्यस्तै दलहरुबीच सदनको अवरोध अन्त्य गर्ने सहमति भएको उनले बताए । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा छानविन गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्