काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति चयनको लागि हुने दोस्रो चरणको मतदानमा नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गरेका छन् ।
पहिलो चरणमा कसैलेपनि ५० प्रतिशत मत ल्याउन नसकेपछि कांग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान हुदै छ । दोस्रो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । मतदान साढे ३ बजेदेखि सुरु हुनेछ ।
निधिलाई भेट्नुअघि देउवाले प्रकाशमान सिंहलाई भेटेका थिए । सिंहले देउवालाई सहयोग गर्ने बताइसेका छन् ।
निधिलाई भेट्न देउवा बानेश्वर पुगेका थिए । बानेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा निधिले देउवालाई समर्थन गर्ने बचन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्