Ads

सत्ता गठबन्धन दलहरुको बैठक आज, सिट बाँडफाँडबारे ठोस छलफल हुने सम्भावना


काठमाडौं ।कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको गठबन्धन दलका एक नेताले जानकारी दिएका छन् । बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।अहिले सिट बाँडफाँडबारे सामान्य छलफल मात्रै भएको ती नेताले बताएका छन् । मंगलबार आजै अपरान्ह ४ बजे बस्ने बैठकमा गठबन्धन दलहरुबीचमा ठोस छलफल हुने बुझिएको छ ।

५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दावी भएकाले भागबण्डामा सकस पर्दै आएको छ ।

दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर दलहरुले दावी गरेका क्षेत्र तलमाथि गर्न नेताहरु नमान्दा समस्या भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१