Ads

डेंगुको प्रकोप झन् बढ्यो,सङ्क्रमितको सङ्ख्या १७ हजार,२१ जनाको मृत्यु


काठमाडौं ।  डेंगुको प्रकोप  झन्  बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २४ घण्टामा एक हजार सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा २१ जना डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ७५ जिल्लाबाट १७ हजार ५९४ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

सबैभन्दा धेरै बागमती प्रदेशमा १२ हजार ९४७ जनामा डेंगुको सङ्क्रमण भएको छ। यस्तै, लुम्बिनीमा दुई हजार ६४३, प्रदेश १ मा ५६०, सुदूरपश्चिममा ५६७, गण्डकीमा ४०९, मधेश प्रदेशमा २६१ र कर्णाली प्रदेशमा २०७ जनामा डेंगु पुष्टि भएको छ।

जिल्ला अन्तर्गत सबैभन्दा बढी लतिलपुरमा चार हजार ८७८, काठमाडौंमा चार हजार ६७४, मकवानपुरमा एक हजार ६१०, दाङमा एक हजार १४९, भक्तपुरमा ७१३, रुपन्देहीमा ६७९, चितवनमा ४२९, गुल्मीमा २९२, दार्चुलामा १९२, काभ्रे १५६, गरेर १० जिल्लामा सबैभन्दा बढी १४ हजार ७७२ जनामा डेंगु सङ्क्रमित भएका छन्।

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१