Ads

चिकित्सा सहायता आपूर्तीमा प्रतिबन्ध हटाउन आग्रह


एजेन्सी, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।

उनले गाजाको युद्ध क्षेत्रमा झन्डै सात सय जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्ल्यूएचओ प्रमुख गेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताए।

गाजामा कहालीलाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको उनले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू