Ads

माकुरा क्रियशनले ल्यायो एडुप्रो, उच्च शिक्षाका लागि भरपर्दो साथी


काठमाडौं । माकुरा क्रियसन्स प्रालिले प्रविधिमैत्री उच्च शिक्षाका लागि एडुप्रो मोबाइल एप सार्वजनिक गरेको छ। ‘एडुप्रो उच्च शिक्षाको लागि भरपर्दो साथी’ भन्ने नाराका साथ हालै उक्त कम्पनीले मोबाइल एप सार्वजनिक गरेको हो । माकुरा क्रियसन्स एक दशकदेखि सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेको संस्था हो ।

एपमार्फत अस्ट्रेलियाको जानकारी गराइनका साथै अन्य देशहरु पनि छिट्टै समावेस गर्ने तयारी रहेको एपका प्रोजेक्ट अाेनर निरोज शंखदेवले यस सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। एप्पल र एन्ड्रोइड दुबैमा एप उपलब्ध छ ।

एपका प्रोजेक्ट अाेनर शंखदेवले एडुप्रोमार्फत विद्यार्थीले शिक्षा र करियरको बारेमा सचेत निर्णय लिन सक्ने विश्वास लिएका छन्। यस एपले प्रत्येक विद्यार्थीले आफ्ना शैक्षिक लक्ष्यहरू पूरा गर्नका लागि आवश्यक जानकारी र समर्थन प्राप्त गर्ने पनि शंखदेवको दाबी छ ।

प्रोजेक्ट अाेनर शंखदेव यस एपका बारेमा प्रष्ट पार्दै भन्छन्,’विश्वविद्यालयहरू, कोर्सहरू र छात्रवृत्तिहरूको बारेमा व्यापक जानकारीको नेभिगेसन चुनौतीपूर्ण हुन सक्छ। एडुप्रोमा हामी विश्वास गर्छौं कि प्रत्येक विद्यार्थीले आफ्ना शैक्षिक लक्ष्यहरू पूरा गर्नका लागि आवश्यक जानकारी र समर्थन प्राप्त गर्नु उसको मौलिक अधिकार हो । हामी यो समस्या समाधान गर्न विश्वसनीय स्रोतबाट प्रमाणित जानकारी एकै ठाउँमा प्रदान गर्दछौं। एडुप्रोमार्फत विद्यार्थीले आफ्नो शिक्षा र करियरको बारेमा सचेत निर्णय लिन सक्छन्। एडुप्रो प्रयोगकर्ता मैत्री र सजिलै नेभिगेट गर्न मिल्ने बनाइएको छ, जसले विद्यार्थीको समय बचत गर्छ र तनाव घटाउँछ।’

‘रिमा पौडेल वैदेशिक उच्च शिक्षाका लागि तयारी गरिरहेकी छन् । उनी भन्छिन्,’म उच्च शिक्षाका लागि विदेश जाने तयारीमा छु, मेरो सपना अस्ट्रेलियामा अध्ययन गर्नु हो,त्यसैले म IELTS तयारी गर्दै छु। म विदेश जान चाहन्छु किनकि त्यहाँ शिक्षाको स्तर राम्रो र परिमार्जित छ। यो एप मेरा लागि भरपर्दो मार्गनिर्देशक भएको छ ।

एडुप्रो उच्च शिक्षाको लागि भरपर्दो साथी उच्च शिक्षा

अहिलेको समयका लागि अतिआवश्यक योग्यता हो । हरेक क्षेत्र, पेशा, व्यवसाय, कला र अन्य थुप्रै क्षेत्रमा दक्षता हासिल गर्न उच्च शिक्षा अपरिहार्य बनेको छ । अहिलेको वर्तमान समयमा किताबि ज्ञान सँगसँगै व्यवहारिक शिक्षा पनि अनिवार्य कौशलता हो । अझ नयाँ नयाँ पेशाका आयाम बन्दै गर्दा कुशल जनशत्तिको आवश्यकता पर्ने गर्छ । तर हाम्रो देशको उच्च शिक्षाको स्तर समय अनुसार आफूलाई परिमार्जित गर्न असफल रहेको छ ।

यहि कारणले गर्दा उच्च शिक्षाका लागि विदेशिनु ईच्छा भन्दा पनि वाध्यता बनेको छ। उच्च शिक्षाका लागि विदेश जानु कुनै सहज कार्य भने हैन । प्लस २ पास गरिसकेपछि धेरै यूवायुवती विदेश जाने प्रकिया सुरु गर्छन् । बजारमा उपलब्ध स्रोत, साधन र जानकारीहरुको आधारमा अध्ययनका लागि जाने राष्ट्र, अध्ययन गर्ने विश्वविद्यालय र कोर्स छनोट गर्ने गर्छन ।

सही विश्वविद्यालय वा कोर्स खोज्नु अपरिचित क्षेत्रको यात्रा जस्तो लाग्न सक्छ। असंख्य विकल्पहरूमध्ये, सहजै अभिभूत महसुस गर्न सकिन्छ। यही ठाउँमा एडुप्रो आउँछ, बैदेशिक उच्च शिक्षाको भरपर्दो मार्गनिर्देशक। वजारमा यत्र तत्र छरिएका र इन्टरनेटमा उपलब्ध हरेका जानकारीलाई एडुप्रो ले एउटै एपमा समेटेको छ ।

एडुप्रो विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि एक महत्वपूर्ण एप हो। यसले विश्वविद्यालयहरू, कोर्सहरू, छात्रवृत्तिहरू, र अन्य जानकारीहरूको विस्तृत विवरण प्रदान गर्दछ। एडुप्रोमार्फत  विद्यार्थीहरू  विश्वविद्यालयका प्रोफाइलहरू अन्वेषण गर्न, अन्तर्राष्ट्रिय कार्यक्रमहरू पत्ता लगाउन, र आफ्नो शिक्षाको लागि छात्रवृत्तिहरू फेला पार्न सक्छन्। विश्वभरका मान्यता प्राप्त विश्वविद्यालयदेखि छात्रवृत्तिका अवसरसम्म एडुप्रोले सही, मिल्दो विकल्प खोज्ने प्रक्रिया सहज र सरल बनाउँछ।

एडुप्रोका विशेषताहरू

कोर्स सूची (Course List) : विद्यार्थीकाे रुचि र लक्ष्यहरूलाई सम्बोधन गर्ने हजारौं कोर्सहरू ब्राउज गर्न सकिने ।
विश्वविद्यालय प्रोफाइलहरू (University Profile): विश्वविद्यालयहरूको विस्तृत विवरण, रैंकिङ, परिचयात्मक भिडियो र सामाजिक सञ्जालहरू सहित जानकारी प्राप्त गर्न सकिने।
छात्रवृत्तिहरू (Scholarships): विद्यार्थीकाे शैक्षिक यात्रालाई वित्तीय सहयोग प्रदान गर्ने अवसरहरू फेला पार्न सकिने।
आवेदन मोड (Application Mode): विद्यार्थीकाे आवेदन प्रक्रिया सुरु गर्न र प्रगतिको ट्र्याक राख्न सकिने ।
दस्तावेज सूची (Document Checklist): व्यक्तिगत चेकलिस्टहरू र आवस्यक डोकुमेंटहरूसँग व्यवस्थित रहन सकिने।
इभेंटहरूको सूची (Event List): उच्च शिक्षा क्षेत्रमा भईरहेका इभेंटहरूको जानकारी एक्कै ठाउँमा पाउन सकिने ।
योग्यता परीक्षण (Eligibility Test):विद्यार्थीकाे लागि योग्य कोर्सहरू, विश्वविद्यालयहरू र छात्रवृत्तिहरूको सूची प्राप्त गर्न सकिने।

Ads

सम्बन्धित पोष्टहरू