काठमाडौ । सत्तारुढ गठबन्धनका चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संयुक्त विज्ञप्ति जारी गर्दा राष्ट्रिय जनमोर्चाले भने असहमति जनायो । जसका कारण उसले बिज्ञप्तीमा हस्ताक्षर गरेन ।
गठबन्धनका बाँकी दलहरुले भने बिज्ञप्ती जारी गरे । बिज्ञप्तीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे ।
उक्त बिज्ञप्ती जनमोर्चाले किन हस्ताक्षर गरेन त ? राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भन्छन् ‘नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय हितमा छैन् ।’
जनमोर्चाको यस्तो अडानले सत्तागठन्धनमा संकट उत्पन्न भएको छ भने उसले राष्ट्रपतिको कदमलाइ समर्थन गरेको स्पष्ट भएको छ ।
अध्यक्ष केसीले आफूहरू विगत देखि नै नागरिकता विधेयकको विरुद्धमा रहेको बताए । उनका भनाईमा मोर्चाले नागरिकता विधेयक र एमसीसी पारित नगर्न अडान लिएको थियो ।
केसीले भने ‘हामी गठबन्धनमा बसेको नागरिकता विधेयक र एमसीसी पारित गर्न होइन ।’
राष्ट्रपतिले पहिलो पटक विधेयक छलफल गर्न भन्दै फिर्ता गर्दा आफूहरूले स्वगत गरेको केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्