Ads

२०८१ जेठ १२ गते शनिबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसरले पछ्याउनेछन् । अप्ठ्यारा काममा सहयोगीहरूको साथ पाइनाले चुनौती घट्नेछ । व्यापार–व्यवसायमा फाइदा होला । तपाईंका कामले अरूलाई आकर्षित गर्न सकिनेछ । दाम्पत्यसुख बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम वृद्धि भएपनि समय केही चुनौतीयुक्त छ । काममा फुकी–फुकी कदम चाल्नु हितकर होला । अभिव्यक्तिको गलत अर्थ लाग्नाले विवादमा परिने योग छ, सचेत रहनुहोला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । तर, आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने योग छ । कमी-कमजोरीलाई सुधार गर्न चाहेमा सफलता मिल्ने समय छ । आँट साहस पराक्रम बढ्नेछन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । दायित्व या कर्मप्रति मन जाला । नियमित कार्यमा सहजता उत्पन्न भइ काममा उत्साह थपिनेछ । खर्च केही बढ्ला, तर त्यसको सदुपयोग भइ सन्तोष मिल्नेछ । मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुकुलता र पराक्रम बढ्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ भने रोकिएका काम बन्नेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन स्वास्थ्यसम्बन्धी समस्या निम्तन सक्छ, सावधान रहनुहोला । मौसमी रुघाखोकीबाट विशेष सजगता अपनाउनु हितकर होला । अरूका काममा समय खर्चनुपर्ने योग छ । हतारको निर्णयले धोका हुनेछ, तसर्थ सोचसमझका साथ कार्य अघि बढाउनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय शुभदायी छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट होला । काममा अलिक प्रतिस्पर्धा भने गर्नुपर्ने देखिन्छ । कठिन कार्यमा पनि कोशिस गर्दा सफलता मिल्ने समय छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । आजको दिन खर्च भने केही बढ्ने योग छ । कठोर मितिनेतले काममा सफलता प्राप्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यापार-व्यवसायमा विशेष लाभ मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि छ । आयआर्जन भए पनि चोटपटकको योग रहेकोले विशेष सजगता अपनाउनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आकस्मिक खर्च बढ्ने तथा घरायसी समस्याले सताउन सक्ने समय छ । कामको चाप पनि बढ्ने र अर्थ अभावले सताउन सक्ने हुँदा मनमा चिडचिडाहट बढ्न सक्छ । धैर्यताका साथ काम गरे चुनौती पन्छिनेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): काममा चुनौती बढ्ने समय छ । आँटेका काम मुस्किलले मात्र बन्नेछन् । खर्च बढ्नुका साथै आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने समय रहेकोले विशेष सजगता अपनाउनु हितकर होला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दौडधुप बढ्नेछ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । फलदायी यात्रा हुन सक्छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू