Ads

एमालेले संसदीय दलको निर्णयः संसद अवरोध गर्ने


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने भएको छ । संसदको हिउँदे अधिवेशन सुरु हुनु अघाडि बसेको संसदीय दलको बैठकले संसद अबरुद्ध गर्ने जनाएको छ । एमाले संसदीय दलको बैठकमा दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संसदमा अवरोध गर्ने बताएका छन्।

सांसद पदम गिरीले विरोध र अवरोध कायम राख्ने अध्यक्षले बैठकमा जानकारी गराएको बताए । ‘सभामुखले एमाले बिरुद्ध षड्यन्त्र गरेकाले , हामी मान्दै जाने हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै गिरीले भने भने ‘सरकार संसदमा आएको गतिरोधका विषयमा कुरा गर्दैन । प्रतिपक्ष लतारिएर जाँदैन ।’

नयाँ दल एकीकृत समाजवादी अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै एमालेले संसद निरन्तर अवरोध गर्दै आइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू