काठमाडौं। नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ।
समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक राखेर घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो। कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो।
घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताए।
उनले घोषणापत्र तयारीका काम सुरु भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्