विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको एक डेरी उद्योगले जापानमा घिउ निर्यात सुरु गरेको छ । प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि उद्योगले जापानमा घिउ पठाउन थालेको हो ।
विराटनगर–१४ मा २०७६ साल फागुनमा स्थापना भएको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योप प्रालिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा एक कार्यक्रम गरि जापानतर्फ घिउ पठाएको हो ।
‘अहिले प्रतिमहिना ५ हजार किलो घिउको माग आएको छ,’ उद्योगका सञ्चालक मनोज यादवले भने, ‘अहिले ३ हजार किलो चिउरा, ३ हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाएका छौं ।’ अर्को महिनादेखि प्रतिमहिना ५–५ हजार किलो घिउ गरेर वार्षिक ५० मेट्रिक टन पठाउने सम्झौता गरेको उनले जानकारी दिए ।
गत वर्ष कोशीमा दूधको अत्याधिक उत्पादन हुँदा उद्योगमा धूलो दूध अत्यधिक उत्पादन भएको थियो । उद्योगमा अहिले पनि ७० हजार किलो अर्थात् ७ करोड रुपैयाँ मूल्यभन्दा बढीको दुधजन्य वस्तु स्टकमा छ । पूर्वका विभिन्न ९ वटा डेरी उद्योगहरुमा नौनी र धूलो दूधको स्टक बढ्दा किसानले भुक्तानी पाउन सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्