काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा राससकर्मी सिबी अधिकारीसहित तीन पत्रकार ‘राष्ट्रिय सेवा सम्मान’ द्वारा सम्मानित भएका छन् ।
पत्रकारिता क्षेत्रको माध्यमबाट नागरिकको सेवामा सक्रिय भूमिका निर्वाह गरेकामा चन्द्रलोक प्रतिष्ठानले राससकर्मी अधिकारीसहित नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारी र श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गरेको हो ।
प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रमबीच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उनहरुलाई सम्मान प्रदान गरका थिए । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी विगत १४ वर्षदेखि राससमा कार्यरत छन् ।
अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । सम्मानित बाला अधिकारी र जन्मदेव जैसी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस्