Ads

सटहीको प्रलोभनमा ठगी


सिन्धुली\ डलर साट्ने प्रलोभन देखाई अठार लाख रुपैया ठगेर भाग्दै गर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सिन्धुलीको गोलञ्जोर गाँउपालिकास्थित लौकुन भन्ने स्थानमा अपरिचित व्यक्तिहरुले डलरको पोको भनि रुमालमा पोको पारेको २० का नेपाली नोट र कागजका टुक्राहरु दिई इलाम जिल्लाको इलाम नगरपालिका १ का ४४ बर्षिय राजु गौतमसँगको अठार लाख लिएर भागेको भन्ने सुचनाको आधारमा मध्यपहाडी लोकमार्गस्थित हैबारबेसीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ को २४ बर्षिय श्याम तामाङ, सोही ठाँउका २६ बर्षिय तेन्जेन पाइन र २७ बर्षिय नारायणबहादुर पाइन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लले जानकारी दिए ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले गोलञ्जोर गाँउपालिका वडा नम्बर ६ हैवारबेशीमा लुकीछिपी बसीरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो ।

उनिहरुको साथबाट गाढा निलो रंगको झोला भित्र रहेको नेपाली अठार लाख, यूएस डलर १ को २ सय ३७ थान, बा.प्र.०२–०४४प४३०९ नम्बरको ३५० सीसीको रातो कालो बुलेट मोटरसाइकल, बा.प्र.०२–०४५प६३०२ नम्बरको २२० सीसीको कालो रातो पल्सर मोटसाइकल बरामद भएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू