काठमाडौं । भारत र दक्षिणी बङ्गलादेशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । १३५ किलोमिटर प्रतिघण्टाको वेगमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका ती क्षेत्र जलमग्न भएका छन्
रेमल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण कोही डुबेर मरेका छन् भने केहीले भने भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्