Ads

रुकुमपूर्व बस दुर्घटना अपडेट : एकै घरका तीनसहित छ जनाको मृत्यु,सेनाद्धारा घाइतेको उद्धार


काठमाडाै ।  रुकुमपूर्वमा बस दुर्घटनामा मृत्यु  हुँनेमा एक घरका तीन जना पनि रहेका छन् ।   बिहीबार दिउँसो भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो।

दुर्घटनास्थलमा तीन र रुकुमपूर्व अस्पताल ल्याउने क्रममा तीन गरेर दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

डाँगीका अनुसार   जिल्लाकै सिस्ने गाउँपालिका–६ का ४० वर्षीया लक्ष्मी खड्कासहित उनका दुई छोराको मृत्यु भएको हाे ।  छोरा दुई वर्षीय सिजन खड्का र छ वर्षीय साइमन खड्काको मृत्यु भएको हो।

बस चालक रामेछापका २६ वर्षीय लिलाम श्रेष्ठ, रुकुमपूर्व भूमे गाउँपालिका–५ का २३ वर्षीय कहिमान बुढा, जिल्लाकै पुथाउत्तरगङ्गा गाउँपालिका–८ का ३५ वर्षीय पूर्णबहादुर बुढाको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए ।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बसमा १७ जना सवार थिए।

गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाँकेको कोहलपुर मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर खत्रीले बताए ।

तस्बिरः जयमान बुढा मगर,गाेरखापत्र

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१