Ads

कर्मचारी सरूवा रोक्न आयोगको निर्देशन


निर्वाचन आयोगले कर्मचारीको सरूवा रोक्न र सरूवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ।

आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया बिहीबारदेखि सुरू भएको जनाउँदै आयोगले विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरूवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलन काममा बाधा उत्पन्न हुने जनाएको छ।

कर्मचारीको सरूवा नरोकिँदा निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै आयोगले निर्वाचन सम्पन्न भएसम्मका लागि अनुमति नलिई कुनै पनि कर्मचारीको सरूवा नगर्न निर्देशन दिएको हो।

यही असोज ५ गतेसम्म सरूवा भइसकेको अवस्था भए तत्काल रमाना दिई असोज ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहलगायत सबै सार्वजनिक निकायलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू

वडाध्यक्ष साहको निधन
वडाध्यक्ष साहको निधन
कार्तिक ३०, २०८१