काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गरेका छन् ।
जसमा आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, कृषि ऊर्जा, सूचना प्रविधि पर्यटन औद्योगिक विकास र पूर्वाधार निर्माण छन् ।
यस्तै शिक्षा स्वास्थलगायत सामाजिक क्षेत्रको विकास, समावेशिता र सामाजिक सुरक्षा, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार आदिलाई सरकारले प्राथमिकता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्