काठमाडौँ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दा चाँदी पनि तोलामा १० रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी १ हजार ९ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ५९ अमेरिकी डलर र चाँदी ३२ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्