मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दौडधुप बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा राम्रै फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुने योग छ । मातृधनबाट लाभ मिल्नेछ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सामाजिक उत्तरदायित्व वहन गरिनेछ भने रोकिएका काम समेत सम्पादन हुनेछन् । दाम्पत्यसुख बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्य कमजोर रहने योग छ तर आज जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आज लेनदेनमा विवाद आउने हुनाले आर्थिक क्रियाकलाप नगर्नु नै बेस हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज केही मात्रामा खर्च बढ्नेछ तर प्रयास गर्दा रोकिएका काम बन्नेछन् । दीर्घलाभ हुने कर्ममा लगानीको समय छ । मातापिताको सहयोग प्राप्त होला । मित्रजनको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यस्तता बढ्नेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने समय छ । आम्दानी बढ्नेछ । नयाँ सवारीसाधन जोहो गर्ने क्रममा हुनुहुन्छ भने प्राप्तिको योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्योन्नतिको समय छ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय भएपनि काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा भने त्यत्ति फाइदा नहोला । आरोग्यबलका साथ मान महत्व बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज विभिन्न अवसर मिले पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग रहेकोले समय राम्रै छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काममा सफलता र आरोग्य वृद्धि हुने समय छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि होला । सामान्य प्रतिकुलता रहे पनि धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ला । पितृधनसमेत लाभ हुनेछ । व्यापार-व्यवसायमा पनि विशेष लाभ मिल्ने समय छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । सामाजिक कामको दायित्व बढ्ने समय छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । श्रमको उचित मूल्यांकन हुनेछ भने पढाइलेखाइमा प्रगति हुनेछ । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । स्वास्थ्य केही कमजोर रहला ।
प्रतिक्रिया दिनुहोस्