काठमाडाै । लोकतान्त्रिक समाजवादी पार्टीले आगामी चुनावमा एमालेसँग तालमेलको प्रयास थालेको छ ।
पाँच दलीय सत्ता गठबन्धनमा सामेल हुन खोजेको लोसपालाई गठबन्धनले सीट बाँडफाँटमा भाग दिन नसकेपछि उसले एमालेसँग चुनावी तालमेलको लागि वार्ता अघि बढाउने निर्णय गरेको हो ।
एमाले लगायतका दलहरुसँग सहकार्य गर्न लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् ।
नेकपा एमाले लगायतका अन्य विचार मिल्ने पार्टीहरुसंग सहकार्य गर्न समिति गठन गरिएको लोसपा अध्यक्ष महन्थ ठाकुरले बताए ।
प्रतिक्रिया दिनुहोस्