Ads

महोत्तरीमा हत्या गरिएको अवस्थामा अमना खातुनको शव फेला


काठमाडौं ।महोत्तरीको मटिहानीमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

शुक्रवार हिजो अबेर राती मटिहानी नगरपालिका–१ सानो धिरापुरकी ४० वर्षीया अमना खातुनको शव फेला परेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए ।

‘आफ्नो खेतबारी हेर्न शुक्रवार करिब बिहान ११ बजेको समयमा ती महिला खोईछगाछी गएकी थिइन् । घर नफर्किएपछि खोजतलास गरिएको थियो । त्यसैक्रममा साँझ बाँस घारीमा बीभत्स हत्या गरिएको अवस्थामा उनको शव फेला प¥यो,’ स्थानीयको भनाइलाई उद्धृत गर्दै मेयर मण्डलले बताएका छन् ।

महिलाको घाँटीलगायत शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको हो । घटनाको प्रकृति हेर्दा ती महिलाको बलात्कारपश्चात् हत्या भएको हुनसक्ने स्थानीयको आशङ्का छ । मृत महिलाको श्रीमान् रोजगारीको शिलशिलामा विदेशमा छन् । उनको दुई छोरा र दुई छोरी छन् ।

यता, घटनाको विषयमा गम्भीर ढंगले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएको हुनाले पोष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पङ्गेनीले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू