Ads

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरू जारी छ।

बैठक दलको कार्यालय सिंहदरबारमा केही बेरअघि सुरू भएको हो।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारले आगामी आर्थिक वर्षको लागि अघि सारको बजेट लगायतका विषयमा छलफल भइरहेको एक सांसदले बताए।

त्यस्तै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटको छलफलमा कसरी भाग लिनेबारे पनि सांसदहरूले धारणा राखिरहेका छन्।

प्रतिनिधि सभाको बैठक जेठ २० गतेलाई बोलाइएको छ। आइतबारबाट बजेटमाथिको छलफल सुरू हुनेछ। आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ।

Ads

सम्बन्धित पोष्टहरू