Ads

डोटीमा आजदेखि खप्तड–शैलेश्वरी गोल्डकप सुरु


काठमाडौं ।हिन्दूहरुको महान् चाड बडा दसैं तथा दीपावलीको पावन अवसरमा आजदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ ।

भैरबप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि सिं खड्काले नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी लगाउँदै खेल क्षेत्रको विकास गर्ने बताए।डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खेलकुद क्षेत्रबाट मित्रतासँगै देशको चिनारी हुने भएकाले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको स्पष्ट पारिन् ।

प्रतियोगितामा कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरबप्रसाद गण र उद्योग वाणिज्य सङ्घ सहित सातवटा टोली सहभागी रहेका छन् ।खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टोलीलाई नगद एक लाख, द्वितीय हुनेलाई ५० हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भैरबप्रसाद गणका गणपति जनमतबहादुर कार्कीले जानकारी दिए ।

प्रदेशस्तरीय फुटवल खेलले जिल्लाको कला, संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका र स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रवद्र्धनका साथै व्यापार व्यवसायमा ठुलो टेवा पुग्ने गणपति खड्काले बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू