काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीसँग हिसाबकिताब खोजिने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गृहमन्त्रीको ‘असंसदीय’ कुराको जवाफ माग गरे ।
प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय सूचना बेच्ने व्यक्ति संसदमा रहेको बताएका थिए । त्यो कुरा सही हो भने त्यस्तो व्यक्तिलाई राजद्रोहको मुद्दामा दोषी ठहर गर्नुपर्ने थापाले बताए ।
‘… ती रेकर्डबाट हटाउनुस् । कि जिम्मेवारी लिनुस् । होइन भने प्रधानमन्त्रीबाट हिसाबकिताब लिइन्छ । संदबाटै लिइन्छ, सम्माननीय सभामुखको अगाडि नै लिइन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्