Ads

हावाहुरीको कारण रूख ढलेर एक घरमा क्षति


गुल्मी । गुल्मीमा हावाहुरीको कारण रूख ढलेर एक घरमा क्षति भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० मोहोराइमा रूख ढलेर मीना कुँवरको घरमा क्षति भएको हो ।

पिपलको रुख हावाहुरीले ढलेर टिनले छाएको तिनतले कच्ची घरमाथि परेको थियो । रूखले घरमा क्षति गरे पनि भित्र रहेका परिवार भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू