Ads

आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले दलसँग छलफल गर्दै


काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेताहरूसँग छलफल गर्न थालेको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउने/नआउने निश्चित भएको छैन । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ।

Ads

सम्बन्धित पोष्टहरू